बेनी, असोज-२७, म्याग्दी प्रवासी नेपाली संघ (MONA) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ ।म्याग्दीबाट विभिन्न देशमा पेशा, ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (MONA) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो ।
बेनीको खुल्लामञ्चमा शुक्रबारदेखि शुरुभएको महाधिवेशनको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले (खम्बीर) ले उद्घाटन गर्नुभएको हो । महाधिवेशनबाट आगामी दुईबर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन गरिने मोनाले जनाएको छ । मोना समितिका बरिष्ठ उपाध्यक्ष जापान निवासी ददीवल खड्का र नेदरल्याण्ड निवासी सल्लाकार मीम पुर्जाले आगामी कार्यकालको लागी अध्यक्षमा उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
महाधिवेशनमा विभिन्न २८ देशबाट प्रतिनिधिहरु उपस्थित भएका छन् । उद्घाटन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्याली निकालिएको थियो । अधिवेशनमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती रहने कार्यक्रम रहेको छ । मोना आईसीसीले जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान दिदै आएको छ।
मोनाका अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यकममा प्रतिनिधिसभा सदस्य खमबिर गर्बुजा, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जाली, संविधासभा सदस्य थममाया थापा, रेशम बानियाँ, प्रदेशसदस्यद्वाय हरीभण्डारी र विमला गौचन लगायतको उपस्थित रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )