बेनी, असोज-२५, मोना म्याग्दीले आयोजना गरेको पालिका स्तरीय भलिबलको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी सदरमुकाम बेनीमा असोज २४ गते देखि म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिले पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रथम मोना कप भलिबल प्रतियोगितामा आयोजना गरेको थियो ।
बेनीको खुल्ला मन्चमा खचाखच दर्शकका विच बिहिबार भएको फाईनलमा सोझो सेटमा मंगला गाउँपालिकालाई पराजित गर्दै बेनीले उपाधी जितेको हो भने मंगला गाउँपालिका उपविजेता बनेको छ ।
महिलातर्फको निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्ण गाउँपालिकाले मोना कपको उपाधी जितेको थियो ।
पुरुषतर्फ मालिका गाउँपालिका तेस्रो हुन सफल भएको छ । रघुगंगा गाउँपालिकालाई १ विरुद्ध ३ सेटले पराजित गर्दै मालिका तेस्रो हुन सफल भएको थियो । महिलातर्फ धवलागिरी गाउँपालिकालाई पराजित गर्दै रघुगंगा तेस्रो हुन सफल भएको छ।
पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकालाई क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रले शुक्रबार हुने उद्घाटन कार्यक्रम वितरण गरिने छ । पुरुष र महिला भलिबलको दुवै प्रतियोगितामा म्याग्दीका एक नगरपालिका र पाचँवटा गाउँपालिकाका खेलाडीले सहभागिता जनाएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )