पर्वत, असोज-१७, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ । केहिदिन देखिको निरन्तरको वर्षा सँगै पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा झरेको पहिरोले सडक अवरुद्ध बनेको हो ।
पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम समेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
यस क्षेत्रमा अहिले पनि ठुलो वर्षा भैरहेको छ । पहिरो खस्न समेत रोकिएको छैन, त्यसैले बाटो खुलाउने काम गर्न नसकिएको निउरेले वताउनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीवाट छुटेका सवारीसाधन मिलनचोकमा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु लस्तीबजारमा रोकिएका छन् । केहि साना सवारीसाधनहरु भने बागलुङतर्फवाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गईरहेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )