पर्वत, असोज-१४ , गएराती भिषण बर्षातसंगै कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादी खोलामा आएको बाढिका कारण वेपत्ता ३ जना यात्रु मध्ये एक जनाको शव फेला परेको छ । गत राती नै सुरक्षाकर्मीको टोलीले रुपेन्देही जिल्लाको तिलोत्तमा ९ का ३४ बर्षिया गोपाल बस्यालको शव फेला पारेको हो । ग १ ज ६२१३ नम्बरको जीप बाढिसंगै बगेको थियो । बाटो क्रम गर्ने क्रममा गाडिमा बाढिमा फस्सिएपछि चालक भने गाडिबाट झरेका थिए । गाडीमा ओट लगाउनका लागि चालक गाडीबाट झरेको बेलामा बाढिले गाडीलाई बगाएको थियो ।
गाडीसंगै बगेका कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ का विजय भनिने २७ बर्षिय माधव पौडेल र बागलुङ जिल्लाको ताराखोला गाउँपालिका ३ का ५० बर्षिय डम्मर बहादुर थापा अझै पनि वेपत्ता छन् ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विहानै देखि वेपत्ता मानिसहरुको खोजी गरीरहेको छ । खोलाका सम्भावित भागहरुमा खोजी कार्य गर्दा गाडिका विभिन्न भागहरु टुक्रा टुक्रा परेको अवस्थामा फेला परेका छन् ।
पछिल्लो जानकारी अनुसार गाडिको केहि भाग माटोमा पुरिएको फेलापरेपछि सुरक्षाकर्मीले उक्त गाडीका निकाल्ने प्रयास गरीरहेका छन् । उक्त स्थानमा पनि वेपत्ता मानिसहरु फेला पर्ने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।
तमादी खोलाको पानी मोदी खोलामा गएर मिसिन्छ । तमादीको सवै भाग खोज्दा पनि वेपत्ता मानिसहरु फेला नपरेमा मोदी खोलामा उनीहरुको खोजी गर्ने सुरक्षासंयत्रको तयारी छ । श्रोत: पर्वत न्युज
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )