जलजला, असोज-११, पर्बतको जलजला मल्लाजमा निर्मित हेलिप्याड हस्तान्तरण गरिएको छ । जलजला गाउँपालिका वडा नं ४ को आर्थिक ब्यवस्थापन र श्री नयां रणभीम गुल्मको जनशक्ति ब्यवस्थापनमा मल्लाजको भवानिपानीमा निर्मित नागरिक मैत्री हेलीप्याडको असोज १२ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिधि श्री नं. २३ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी रोशन खड्काले नेपाली सेनाको नागरिक-सैनिक सहकार्य (CIMIC) कार्यक्रमको बारेमा जानाकारी गराउंदै नेपाली सेनाको जनशक्ति/श्रमदानमा “एक आर्थिक बर्ष, एक युनिट : जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुसार यो कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको बताउनुभयो ।
नागरिक-सैनिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले यसै बर्ष भदौ १९ गतेबाट निर्माण शुरुगरि ३० गते सम्पन्न गरिएको थियो । हेलिप्याड निर्माण जलजला गाउँपालिका वडा नं ४ को आर्थिक ब्यबस्थापन र श्री नयाँ रणभीम गुल्मको जनशक्ति ब्यबस्थापनमा सम्पन्न भएको हो । यो हेलिप्याड निर्माण भएसंगै मल्लाज र यस आसपासका बासिन्दा लाभान्वित हुने बताइएको छ ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रम वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षता, वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको स्वागत र र उपसेनानी अमिर रेग्मीले संचालन गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )