बेनी, असोज-११, बेनीका लायन्स क्लवको वर्ष २०२३/ २०२४का लागि निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको बुधबार पदस्थापना गरिएको छ ।
लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बिवानका गर्भनर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा बेनीका आठ वटा क्लवका कार्यसमितिको पदस्थापना गरिएको हो । सन २०२२ – २०२३ को कार्यसमितिका अध्यक्षले २०२३-/२४ का अध्यक्षलाई पद हस्तान्तरण गर्नुभएको थियो ।
लायन्स क्लव अफ बेनी म्याग्दी, बेनी सिटि, बेनी मल्लाज, बेनी महारानी, म्याग्दी दोभान, म्याग्दी दरवाङ, बेनी पिस सिटी र बेनी लभ्लीहिलको पदस्थापना गरिएको हो । सोही कार्यक्रममा लायन्स क्लव बेनी-तातोपानी र बेनी जलजलालाई क्लवमा आवद्ध गराइएको क्लवका सुनिता केसीले जानकारी दिनुभयो ।
लायन्सकर्मी दशरथकुमार कर्माचार्यको अध्यक्षता र हेमन्त बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रमममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी केसी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायत सहभागि हुनुभएको थियो ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको शिक्षा, स्वास्थ्य, पर्यटन प्रर्वद्धन, सामाजिक गतिबिधि र विकासमा योगदान गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )