जलजजला, असोज-१०, अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन एवम् सम्मेलन पर्ततको मल्लाजमा हुने भएको छ । समाजले जिल्लाको जलजला गाउँपालिका -३ मल्लाज स्थित कोटघर प्राङ्गणमा गर्ने तय असोज २६ गते देखि २८ गते सम्म गर्ने भएको हो । मुख्य कार्यक्रम एतिहासिक कोटघरको प्रांगण र अन्य कार्यक्रम मल्लाज दरबार परिसरमा गर्ने भएको प्रचार प्रसार संयोजक नबिन जिसीले जानाकारी दिनुभयो । समाजले अधिवेशन सम्पन्नगर्न विभिन्न उपसमिति गठन गर्नुका साथै व्यवस्थापकीय कार्यलाइ तिब्रता दिएको छ ।
अन्तराष्ट्रिय पर्वत समाज नेपालका प्रतिनिधी मुना भुषालको अध्यक्षता र जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा मल्लाजमा सम्पन्न बैठकले अधिवेशन तथा सम्मेलन भव्य रुपमा सम्पन्न गराउन विभिन्न उपसमिति गठन गरेको छ । बैठकले जलजला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ८ का वडा अध्यक्ष हरिविकास जिसीको संयोजकत्वमा कार्यक्रम तथा मञ्च व्यवस्थापन समिति, अध्यक्ष भरत क्षेत्रीको संयोजकत्वमा हेली प्याड तथा गाडी व्यवस्थापन उपसमिति, वडा नं ३ का अध्यक्ष एकिन्द्र खत्रीको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यसैगरी नविन जिसीको संयोजकत्वमा प्रचारप्रसार तथा सुचना सम्प्रेषण उपसमिति, सुनिता क्षेत्रीको संयोजकत्वमा माला तथा अतिथी सत्कार उपसमिति गठन गरेको छ वडा नं २ क अध्यक्ष प्रकाश जिसीको संयोजकत्वमा यातयात तथा बाटाघाटा सरसफाई उपसमिति, कार्यपालिका सदस्य भीमसेन बराइलीको संयोजकत्वमा बाजा तथा झाँक्री व्यवस्थापन उपसमितिगठन गरेको छ ।
सम्मेलन तयारी बैठकमा गाउँपालिकाका अध्यक्ष राजु आचार्यले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट पूर्णत सहयोग रहेने बताउदै गाउँपालिकाको विकास र समृद्धिमा अन्तराष्ट्रिय पर्वत समाजले उल्लेखनीय भूमिका खेलेको र आगामी दिनमा थप सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
नेपाल प्रतिनिधी भुषालले अधिवेशनलाई सम्पन्न गराउन उपसमिति गठन गरेको बताउँदै चौथो अधिवेशन ऐतिहासिक हुने बताउनुभयो । उहाँले जलजला गाउँपालिकाको पर्यटन पर्वद्धन प्रचारप्रसारमा सहयोग पुगोस भन्ने उद्देश्यले जलजलामा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले अधिवेशनलाई सफल बनाउन तयारीमा जुटेको बताउदै अधिवेशन जिल्लाभर मात्र नभई विदेशमा पनि चासोको विषय भएकोले यसलाई सम्पन्न गर्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )