बेनी, असोज-४, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलपत्र भएका योजनाहरुको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल जेसिस को क्षेत्र ख सम्मेलनको समुद्घाटन गर्न म्याग्दी आएको अवसर पारी नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र पारिएका साना ठुला सबै योजनाहरुको पहिचान गर्न लागेको बताउनुभएको हो उहाँले संघ सरकार मार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधार लगायतका ठूला योजनाहरु अलपत्र परेको बताउनुभयो ।
निर्माण व्यवसायिको चरम लापरबाही का कारण अलपत्र बनेको बेनी अस्पतालको भवन, सडक लगायतका धेरै योजनाहरु असफल भएका योजनाहरुको पहिचान गरि पूर्णता दिन प्रदेश सरकार लागिपरेको बताउनुभयो । बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तिब्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्प रहेको उहाँको भनाई रहेको छ ।
निर्माण व्यवसायि र सरकारबिचको असमझदारीका कारण अलपत्र र असफल भएका योजनाहरु धेरै रहेको र मुख्यगरि निर्माण कम्पनीहरुको ढिलासुस्ती नै योजनाहरु अलपत्र पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले असफल योजनाहरुको पहिचान गर्न प्रदेश नीति तथा योजना आयोग मार्फत आबश्यक प्रकृया अघि बढाएकको बताउदै प्रदेश सभा सदस्य र मन्त्रीहरुले समेत निरन्तर अनुगमन भैरहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले सार्वजनिक खरिद ऐनमा रहेको समस्याले पनि विकास निर्माण योजनाहरुमा ढिलासुस्ती भएको समस्या हल हुन नसकेको बताउदै गण्डकी प्रदेश सरकारले योजना बैँकको अवधारण अनुसार योजना छनौट र कार्यान्वयन सुरु गरेको समेत जानकारी दिनुभयो । यसै बर्षदेखि प्रदेश सरकारले सडक पूर्वाधारमा न्यूनतम ३० लाख र खानेपानी र सिंचाई लगायतका योजनामा न्यूनतम १० लाख बजेट विनियोजन गर्न थालेको जानकारी जानाकारी दिनुभयो ।
आफुले बुधबार नै म्याग्दीको फापरखेताको स्थलगत अबलोकन गरेपश्चात पश्चिम क्षेत्रको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकमा पहिरोले निम्त्याएको सवारी आवागमनको समस्यालाई हल गर्न पहिरोलाई रोकथाम र बेलिब्रिज निर्माण गर्ने बिकल्पमा अघि बढीने उहाँले जानकारी दिनुभयो ।
पत्रकारहरुद्वारा सोधिएको संचार बिधेयक सम्बन्धि प्रश्नमा गण्डकी प्रदेश सभामा पेश भएको सञ्चार विद्येयकमा सरोकारवालासंग आबश्यक छलफल गरेर संसोधन सहित विद्येयकको मस्यौदा तयार गरिएकोले पत्रकारहरुको हितमा रहेको समेत बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )