पर्वत, भदौ-६, काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी आउंदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लागिएको प्रहरीले जनाएको छ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। उहाँका अनुसार बस अनियन्त्रित भएर सडकबाट खसेको थियो। बसका चालक/सहचालक को हुन् र बसमा कति जना यात्रु थिए भन्ने बारे अहिलेसम्म यकिन नभएको र बसको आधा भाग पानीमा डुबेकाले उद्धार अहिले पनि जारी रहेको छ ।
बसमा टिकट काटेर म्याग्दीका ६ जना यात्रु सवार रहेको बुझिएको छ। पोखरा, पर्वत र बागलुङका सहित म्याग्दीका टेकबहादुर जि,अन्जु राना, प्रविन पुन, पुनम नाम गरेका यात्रु रहेको बताइएको छ । यात्रुको ठेगाना खुलेको छैन । बसका चालक समेत म्याग्दीकै दिपक ठकुरी र सहचालक रोशन हुन् । ‘अहिलेसम्म यात्रु र चालकको पहिचान हुन सकेको छैन,‘टिकट काटेका बाहेक पनि म्याग्दीका हुनसक्छन’ उद्धारमा खटिएका एक ब्यक्तिले भने ।
श्रोत : बिशाल खत्री
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )