पर्वत, साउन १७, नेपाल पत्रकार महासंघ पर्बत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता सुद्दिकरणको नाममा जिल्लाका अधिकांश क्रियाशील पत्रकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको भन्दै बुधबार जिल्लामा सक्रिय तिन संगठनले तालाबन्दी गरेका हुन् ।
जिल्ला शाखाले सर्वसहमत गरेको निर्णय माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ । शुद्धिकरणको मापढण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चेर शुद्धिकरणको गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् । प्रेस चौतारी पर्बत, प्रेस युनियन पर्बत र समाजबादी प्रेस संगठन पर्बतले तालाबन्दी गरेका हुन् समाजबादी प्रेस संगठनका प्रदेश संयोजक गणेश पौडेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण अखेली, प्रेस युनियनका अध्यक्ष उत्तम अधिकारीले संयुक्त रुपमा कालो ब्यानर टासेर तालाबन्दी गरेका हुन् ।
नयाँ र पुराना गरी ५५ जना सदस्यहरु रहेको पर्बत शाखामा २० जनाको सदस्यता खारेज गरिएको थियो राष्ट्रिय तथा स्थानीय संचार माध्ययममा नियमित कार्यरत, सम्पादक, स्टेसन म्यानेजर रहेका ब्यक्तीकै सदस्यता खारेज भएपछी ताला बन्दि गर्नु परेको प्रेस चौतारी [अर्बताका अध्यक्ष कृष्ण अखेलीले जानाकारे दिनुभयो ।
गण्डकी प्रदेश समितिले पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी, जिल्ला अध्यक्ष सन्तोष थापा समाजबादी प्रेस गण्डकीका प्रदेश संयोजक गणेश पौडेल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा प्रेश युनियनका अध्यक्ष उत्तम अधिकारी प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरि, गणेश पौडेल लगायत २० जनाको सदस्यता खारेज गरेको छ ।
युक्त निर्णय क्रियाशील र सक्रिय पत्रकारहरुको पेशागत मर्यादा र शुरक्षा बिपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउनुपर्ने समाजबादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेलले बताउनुभयो । उक्त निर्णय नसच्चिएसम्म ताला नखोलिने र थप आन्दोलनका कार्यक्रम गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यालयमा तालाबन्दी भएसंगै पत्रकार महासंघका नियमित काम कारबाही प्रभावित हुने भएका छन् । पर्बत न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )