काठमाडौं, साउन -१७ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ ।
हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ । गोरखापत्र अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )