बाग्लुंग, साउन-१, बाग्लुंग जिल्लाको बडिगाडमा विषालु च्याउ खाँदा २ जना बिरामी परेका छन् । जिल्लाको बदिगाड गाउँपालिका–४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका आमा छोरा सिकिस्त बिरामी परेका हुन् ।
शनिबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४० बर्षिय कर्ण बहादुर सिंजाली र उहाँकी आमा ७६ बर्षकीा तिला सिंजालि बिरामी पर्नुभएको हो । हिजो जंगलबाट ल्याएको छाउ आज बिहान पकाएर खादा आमा छोरालाई नै तत्कालै टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र बेहोस हुने समस्या देखिएको थियो ।बिरामी परेका दुबैलाई स्थानीय ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार गरिएको थियो । उपचार पछि आमा तिला सिंजालीको स्वास्थ्यमा सुधार भएपनि छोरा कर्ण सिंजालिको स्वास्थ्यमा सुधार नभएपछि धौलागिरी अस्पताल बागलुङ रिफर गरिएको बडिगाड स्वास्य शाखाले जनाएको छ ।
बर्खाको समयमा जंगलमा पाइने च्याउ कुन बिषालु हो कुन होइन भन्ने पहिचान गर्न नसक्दा जंगलबाट संकलन गरेर ल्याएको च्याउ खादा बिरामी पर्ने र कतिपयको ज्यान जाने समेत गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )