बेनी,असार-६, राष्ट्रिय भिडियो प्रतियोगितामा वेष्ट पोइन्टका विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गरेका छन् । नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौंले आयोजना गरेको “सुरक्षित इन्टरनेटको लागि हातेमालो” शीर्षकमा आयोजित भिडियो प्रतियोगितामा म्याग्दीको बेनीस्थित वेष्ट पोइन्ट विद्यालयका विद्यार्थीहरु नरदेवी पुन, अभिषेक बिक, अनिश भण्डारी र मेनुका पुनले प्रथम स्थान हासिल गरेका हुन्।
प्रधिकरणले सुरक्षित इन्टरनेट दिवस, २०२३ मनाउने सन्दर्भमा सातै प्रदेशबाट १८ वर्ष भन्दा मुनिका किशोर किशोरीहरुलाई सहभागी भएका थिए भने २ मिनेटको भिडियो (एकटेक) निर्माण गर्न लगाएको थियो । प्रधिकरणले हरेक प्रदेशको भिन्नाभिन्नै नतिजा प्रकाशित गरेकोमा गण्डकी प्रदेशबाट सहभागी भएको वेष्ट पोइन्टले प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )