पर्वत, असार-३, पर्वतको मोदी गाउँपालिकामा वडा कार्यालय तोडफोड भएको छ । गाउँपालिका स्थित वडा न ७ को वडा कार्यालय गत राती तोडफोड भएको हो । कार्यालयको मुल ढोका फोडेर कार्यालय भित्रका सवै टेवल र दराजमा राखिएका महत्वपूर्ण कागजात नष्ट गर्ने प्रयास गरिएको छ । वडा कार्यालयका अध्यक्ष दुर्गा प्रसाद शर्मा गौतमका अनुसार रातीको समयमा टेवलका घर्रा, दराजहरु तोडफोड गरिएको छ भने, महत्वपूर्ण कागजातहरु छरपष्ट रुपमा फालिएको छ ।
कार्यालय सामाग्रीहरु चोरी नभएको बताउदै वडाध्यक्ष गौतमले कागजातहरु भूइभरी फालिएको जानकारी दिनुभयो । चोरीगर्ने नियतले हो या कागजातहरु नष्ट गर्ने नियतले हो कार्यालय तोडफोड भएको अहिलेसम्म यकिन नभएको वडाध्यक्ष गौतमको भनाई छ । रातको समय भएका कारण वडा कार्यालय वरीपरीका स्थानीयले समेत थाहा नपाउने गरी कार्यालय तोडफोड गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा तोडफोड पछि वडामा रहेका महत्वपूर्ण दस्तावेजहरुको चोरी भएको वा नष्ट गरिएको हुनसक्ने अनुमान गरिएको छ । तोडफोडमा संग्लन्नहरुको खोजी कार्य भईरहेको वडाअध्यक्ष गौतमले जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )