देवी जि. सी. / म्याग्दी, असार-२, सौन्दर्य कला ब्यबसायी संघ म्याग्दी र लोटस प्रोफेसनल उत्पादकको आयोजनामा म्याग्दीमा एकदिने सेमिनार सम्न्पन्न भएको छ। म्याग्दीको बेनी तातोपानी स्थित होटल श्रेष्ठ हट स्प्रिंगमा म्याग्दीका सौन्दर्यकला ब्यबसायीहरु, प्रशिक्षार्थीहरु र उत्पादकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लोटस प्रोफेसनल कम्पनीका प्रमुख सुकांत सरकारले अहिले हरेक व्यक्ती सौन्दर्यप्रति सचेत भएका छन् तर सुन्दर देखिने र मेकअपगर्ने नाममा बुझ्दै नबुझी सुन्दर देखिन/बन्न जुन पायो त्यहि उत्पादन प्रयोग गर्दा छाला सम्बन्धि धेरै समस्या हुनेहुदा यो लोटस कम्पनीका उत्पादन छालाका बिशेसज्ञहरुको परामर्शमा उत्पादन गरिएकोले निर्धक्क भएर प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो कम्पनीले ४६ प्रकारका क्रिम, लगायतका बस्तु उत्पादन गरि बजारमा ल्याएको बताउनुभयो ।
कार्यक्रमा म्याग्दी सौन्दर्य कला ब्यबसायी संघका अध्यक्ष गंगा कार्कीले सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनीका प्रमुख ब्यक्ती नै आएर यसरी सौन्दर्यकला व्यवसायीलाई उत्पादन र प्रयोगगर्ने तरिकाको बारेमा प्रयोगात्मक रुप मै बताउदा धेरै प्रभावकारी भएको बताउनुभयो । साथै उहाँले यसभन्दा अघि छाला स्याहार/सुरक्षा सम्बन्धि तालिम, स्ट्रेक्स कम्पनीको आयोजनामा एक दिने तालिम, एपी लाइफ हनी कम्पनीको आयोजनामा एकदिने तालिम संचालन गरिएको बताउनुभयो । कार्यक्रमा सहभागी भएका ३६ जना सौन्दर्य व्यवसायीलाई प्रयोगात्मक रुपमा अनुहारको छालामा प्रयोग गरिने क्रिम लगायतका बस्तुको अभ्यास गराइएको थियो ।
त्यसैगरी, कार्यक्रममा धौलागिरी क्षेत्रका वितरक शिभम स्टोर्स बाग्लुंगका सुजन श्रेष्ठ, कम्पनीका प्राबिधिक बिशेसज्ञ निरु उप्रेती र प्राची शर्मा, बजार ब्यबस्थापन प्रबन्धक निरु कुवार, सुमिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यस्ता खालका कार्यक्रम गर्दा सौन्दर्य कला ब्यबसायीले उत्पादन र प्रयोग गर्ने बिधिको बारेमा पुनर्ताजगी हुने सहभागीले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )