पर्वत, जेठ-१०, अहिले गण्डकी प्रदेशको धेरै स्थानमा वर्षा भैरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली छ। दिउँसोदेशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहनेछ।
काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा बुधबार भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराईका केही स्थानमा हावा–हुरीको समेत सम्भावना छ। गोरखापत्रबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )