देवी जि. सी. म्याग्दी, जेठ-८, बेनीको कालिगण्डकी आमा समूहले तिनदिने रोटी पाककला सम्बन्धि तालिम प्रदान गरेको छ । बेनि नगरपालिका वडा नं ८ मा गठित आमासमुहको आयोजनामा तिन दिने रोटीका परिकार पाक कला सम्बन्धि तालिम प्रदान गरिएको हो ।
बेनी नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा सम्पन्न तालिममा २७ जना महिला सहभागी रहेका थिए । जेठ ५ गते देखि ७ गत सम्म संचालित तालिम बेनी स्थित मगर संघको हलमा संचालन गरिएको तालिममा सेल रोटी, खुर्मा, नमकिन लगायतका परिकार बनाउन सिकाइएको थियो । तालिममा सुष्मा भट्टचन, पान कुमारी पुन, तारा प्रसाद गौतम र गौरी थापाले परिकार बनाउन सहजीकरण गर्नु भएको थियो ।
तालिम समापनका अवसरमा बोल्दै प्रमुख अतिथि बेनि नगरपलिकाका उप प्रमुख ज्योति लामिछानेले यस प्रकारको तालिमले समाजमा आयोजना गरिने बिहे ब्रतबन्ध, आजा-पुजा र विभिन्न धार्मिक र सामाजिक कार्यमा आवश्यक पर्ने रोटी बनाउन सहज हुने र ब्यबसायिक रुपमा परिकार बनाइ आय आर्जन गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।
त्यसगरी, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्यले यसरी उत्पादन गरिएका विभिन्न उत्पादनहरुलाई लेबलिंग र प्याकेजिंग गर्न सहयोग गर्ने समेत उहाँले बताउनुभयो । साथै वडा नं ८ ले आधारभूत सिलाइ कटाई तालिम, सौन्दर्य-कला सम्बन्धि तालिम सम्पन्न गरिसकेको र अहिले आधारभूत सिलाइ कटाईको स्तरोन्नतीको तालिम संचालन भैरहेको जानाकारी गराउंदै उपभोक्ताको माग भएमा आगामी दिनमा धुप बनाउने, होटल संचालन सम्बन्धी तालिम सम्बन्धित संचालन गरिने समेत बताउनुभयो ।
सहभागीको तर्फबाट सोनिया पुन, बिष्णु के.सी. र अमृता खत्रीले तालिमबाट आफुले सिकेका अनुभव ब्यक्त गर्नुभएको थियो । तालिम समापन कार्यक्रम आमा समुहका अध्यक्ष रामकुमारी गौचनको अध्यक्षता र सचिव गौरी थापाको संचालनमा सम्पन्न भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )