देवी जि. सी./बेनी, बैशाख-३०, क्षत्री महिला समाज म्याग्दीको आयोजनामा संचालन भएको तालिम समापन भएको छ । सदरमुकाम बेनीमा बिहिबार देखि संचालन भएको सकारात्मक सोच तथा उद्घोषण कलासम्बन्धी तिन दिने तालिम आज (शनिबार ) सम्पन्न भएको हो । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित बिहिबारदेखि तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिममा सिकेका कुरा ब्यबहारमा लागुगर्न आग्रह गर्नुभयो । त्यसैगरी क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी केसीले वर्तमान समयमा सकारात्मक सोच तथा उद्घोषणका साथै भाषणकला समेत आवश्यक रहेकोले तालिमले महिलालाई थप उर्जावान बनाउने बिश्वास ब्यक्त गर्नुभयो ।
तीन दिनसम्म संचालन भएको तालिममा ४० जना क्षत्री महिलाहरुको सहभागिता रहेको थियो । तालिममा पत्रकार तथा उत्प्रेरक शुष्मा पौडेलले प्रशिक्षण दिनुभएको थियो । क्षत्री महिला समाजका अध्यक्ष संजु बरुवालको अध्यक्षता, संचालन महिला समाजका सचिव कल्पना खत्रीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा क्षेत्री महिला समाज म्याग्दीका सदस्य सुनिता केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )