जलजला, बैशाख-३०, पर्वतको जलजला-८ स्थित शिव माध्यमिक विद्यालयमा बृहत अभिभाबक भेला सम्पन्न भएको छ। हिजो (शुक्रबार) विद्यालयमा भएको भेलामा प्रधानाध्यापक अमृत प्रसाद सापकोटाले शैक्षिक सत्र २०८० मा संचालन हुने कार्यक्रम र बिद्यालयका आगामी रणनीति र कार्यक्रम समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नव नियुक्त प्रधानाध्यापक सापकोटाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्दी गर्न कार्यपत्र प्रस्तुत गर्नु भएको हो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै जाँदा विद्यार्थीको संख्या कम हुदै गएको भन्ने भ्रमलाइ चिर्न सामुदायिक विद्यालयको अबस्था र यथार्थलाई कार्यपत्र मार्फत प्रष्ट पार्नु भएको छ । समुदायको चासो र अभिभावकको चासो भएको खण्डमा सामुदायिक विद्यालयको अबस्थामा सुधार हुने कुरा उहाँले बताउनुभएको छ ।
उहाँले भन्नु भयो “योग्य र तालिम प्राप्त अनि मेहेनेती शिक्षक भएको शिव मा. वि मा पर्याप्त भौतिक पूर्वाधार छ, विद्यार्थी संख्या पनि छ, अव अभिभावकको नियमित अनुमगन र सहयोग भयो भने विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्ने छ ।”
अभिभाबकहरुको व्यापक उपस्थिति रहेको कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष ध्रुब केसीको अध्यक्षता शिक्षक गोबिन्द केसीको स्वागत र सहायक प्रधानाध्यापक बिनोद तिवारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक प्रस्तुत गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )