म्याग्दी, बैशाख-२६, कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदै छन् । त्यसै गरी ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ ।
देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा ल्याएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा NG ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउनेछन् ।
म्याग्दीमा यसवर्ष कक्षा १२ को बोर्ड परीक्षामा नियमित र ग्रेडबृद्दी तर्फ गरि कुल १५०६ जना विद्यार्थीहरु समावेश रहेको शिक्षा तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।
जिल्लामा कक्षा १२ को बोर्ड परीक्षाको लागी सदरमुकाम बेनीमा म्याग्दी बहुमुखी क्याम्पस, माउन्ट एभरेष्ट आ.मा.वि., बेनी सामुदायिक मा.वि. र प्रकाश मावि गरि ४ वटा र सदरमुकाम मंगलागाउँपालिकाको मंगला मा.वि. बाबियाचौरमा १ केन्द्र गरि ५ वटा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )