काठमाडौं, बैशाख-१२, चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।
मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए । जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।
नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।
उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् । नेपाल प्रेसबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )