मुस्ताङ, बैशाख-१०, जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो ।
धौलागिरी याकचौरी पालक समुहको आयोजनामा वैशाख ८ गतेदेखि १७ गते सम्म मेला हुने अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए । थासाङ-२ का ९ घरधुरी र गोठका करिव ७ सय याकचौरीको रगत निकालिने उनले बताए ।
याकचौरी पालकहरुले कोरोना कहर अघि बर्सेनी वैशाख महिना र भदौ महिनामा चौरीको रगत निकालेर बिक्री गर्दै आईरहेका थिए । कोभिड माहामारीको बेला रगत खाने मेला सञ्चालन नहुँदा चौरी पालकहरु मर्कामा थिए ।
यसवर्ष रगत खाने मेला सञ्चालन गरेसँगै चौरी पालक तथा रगत खान आउने सर्वसाधारण उत्साहित भएका छन् । यतिखेर जिल्ला बाहिर र जिल्ला भित्रका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि रगत खान बोक्सीखोला पुगेका छन् ।
मेलामा रगत खाने आउने सर्वसाधारणलाई याकचौरीको आलो रगत प्रतिगिलास ३ सयको दरमा बिक्री गरिएको याकचौरी पालक समुहका सदस्य गोबिन्द शेरचनले बताए । चौरीको पशु स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत निकालिने गरिन्छ ।
हिमाली लेकका याकचौरीको आलो रगत स्वास्थका लागि लाभदायी हुने गर्दछ । यी चौपायाले मुस्ताङका उच्चलेंकको पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जटिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निकोभई शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ ।
पोखराबाट रगत पिउन मुस्ताङ आएका नर बहादुर पुनले चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । उनले वर्षेनी एक सातासम्म मुस्ताङमा बसेर चौरीको आलो रगत खाएर फर्कने गरेको वताए ।
मेलामा खुल्ला तारो हान्ने खेल (आर्चरी) प्रतियोगिता पनि आयोजना गरिएको समुहले जनाएको छ । साभार : ढोरपाटन अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )