म्याग्दी, बैशाख-७, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई फलफुल साथै भोजन गराएको छ ।
विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाईप्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण र भोजन ( खिर, अचार ) गराएको छ ।
प्रतिष्ठानका कार्य समिति सदस्य तथा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल र उहाँकी धर्मपत्नी विमला पौडेलले खर्च सौजन्य गर्नुभएको थियो । मातातीर्थ औंसीको अवसरमा ५१ जना आमाहरु र १६ जना बुवाहरु गरि ६७ जना ज्येष्ठ नागरिकहरुलाई प्रतिष्ठानले भोजन गराएको र त्यसवापतको करिव २५ हजार रुपैयाँ खर्च स्वेच्छाले आफुले व्यवस्थापन गरेको नगर प्रहरी प्रमुख समेत रहनुभएका प्रतिष्ठानका सदस्य पौडेलले बताउनुभयो ।
महत्वपूर्ण दिनमा आमाहरुको सम्मानमा उक्त कार्यक्रमको आयोजना गर्न सघाएकोमा पौडेल परिवारलाई धन्यवाद प्रकट गर्दै प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले मनकारी, सहयोगी, समाजसेवी पौडेल प्रतिष्ठानमा आवद्ध भएदेखिनै सक्रिय र इमान्दार सदस्यको रुपमा काम गर्दै आउनुभएको बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुसंग भजनकृतन समेत गरिएको थियो । पौडेलको सहयोग तथा योगदानको प्रशंसा गर्दै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, संजय श्रेष्ठ, निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भजन प्रस्तुत गरि रमाईलो वातावरणमा नाचगान समेत भएको थियाे । । कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष जिसीको अध्यक्षता र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )