म्याग्दी, चैत-२४, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखा म्याग्दीले मृत्यु बीमा दावी रकम भुक्तानी दिएको छ । आज ( शुक्रबार) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी लाइफ इन्स्योरेन्सका बीमित म्याग्दीको बेनि नगरपालिका -४, चुत्रेनीका स्वर्गीय भक्त कार्कीको परिवारलाई मृत्यु बीमा रकम हस्तान्तरण गरेको हो ।
स्व. कार्कीका धर्मपत्नी भिम कुमारी कार्कीको खातामा उहाँले बीमा गरेवापत पाउनुपर्ने मृत्यु दावी बीमा भुक्तानी रकम स्वरुप नगद २० लाख ५१ हजार रुपैयाँ जम्मा गरेको महालक्ष्मी लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले जनाएको छ । उक्त रकमको चेक बेनि नगरपालिकाका प्रमुख सुरत केसीले श्रीमती भिम कुमारी कार्कीलाई हस्तान्तरण गर्नु भएको हो । स्व. कार्कीले १० लाखको बिमा गरि पहिलो किस्ता प्रिमियम ७२ हजार १४० जम्मा गर्नु भएको थियो ।
नगद रकमको चेक हस्तान्तरण गर्दै नगर प्रमुख केसीले भविष्यमा जेपनि हुन सक्ने भएकोले समयमै जीवन बिमा गरेर सुरक्षित हुनुपर्ने र बिमाको प्रचार प्रसार गरे सबैलाई जिबन बिमाको दायरामा पुर्याउनुपर्ने बताउनु भयो ।
इन्स्योरेन्सको क्षेत्रीय प्रमुख जमुना आचार्यले बिमाको महत्व र बिमा योजनाको बिषयमा सहजीकरण समेत गर्नु भएको थियो । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनीका सिनियर एजेन्सी म्यानेजर चिना बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बेनी शाखा म्याग्दीका प्रमुख रामजी आचार्यले सञ्चालन गर्नु भएको थियो ।
पछिल्लो समय जीवन बीमासम्बन्धी विभिन्न कम्पनीहरु आएका छन्भने बीमाप्रति आम मानिसको आकर्षण बढ्दै गैरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )