म्याग्दी, चैत-१, म्याग्दी बहुमुखी क्याम्पस बेनीमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले आज (बुधबार) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको हो ।
स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभए सम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको हो । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो ।
तालाबन्दीका विषयमा लिएर मंगलबार क्याम्पस सञ्चालक समिति,प्रशासन,निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला संघसंगठनका प्रतिनिधिहरुबीच भएको वैठकको निर्णय बमोजिम बुधवार (आज) विहान ११ बजे सम्म विद्यार्थी संंघ संगठनहरुलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको क्याम्पस प्रमुख गोरख बहादुर जिसीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )