म्याग्दी, फागुन-३०, म्याग्दीको अन्नपुर्ण गाउँपालिका ७ र ८ मा निशुल्क आँखा जांच सिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिकाको आर्थिक ब्यस्थापनमा अन्नपूर्ण गाउँपालिका-८, राम्चे र अन्नपूर्ण गाउँपालिका-७ हिस्तान औलमा फागुन २८ र २९ गते १/१ दिने नि:शुल्क आँखा शिबिर सम्पन्न भएको हो ।
शिविरमा राम्चेमा १२९ र हिस्तान औलमा १६७ जना गरि २९६ जनाको आँखा परिक्षण गरिएको थियो । दुवै स्थानमा गरिएको परिक्षणमा ५/५ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामिहरु फेला पारिएको र फागुन ३० गते अन्नपूर्ण गाउँपालिका-५, शिखमा शिविर संचालन हुने संघले जनाएको छ । यसरी संचालन गरिएको शिविरबाट अप्रेसन गर्नुपर्ने मोतियाबिन्दुका बिरामीहरुको २०७९ चैत्र ५,६ र ७ गते बेनी अस्पताल म्याग्दीमा संचालन गरिने शिविरमा निशुल्क शल्यक्रिया गरिने नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सचिव राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राम्चे र औलामा सम्पन्न भएको नि:शुक आँखा शिबिर कार्यक्रम संघका सभापति अमर बानियाँको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका -८ र ७ का वडा अध्यक्षहरुको प्रमुख आतित्यथा र संघका सचिव राजेन्द्रकुमार श्रेष्ठको संचालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
जिल्लाका बिभिन्न स्थानमा नि:शुल्क आँखा शिबिर संचालन गरि अन्धोपन निवारण गर्ने अभियान जारि राखिएको र पछिल्लो समय मोतियाबिन्दुका बिरामीको संख्या धेरै भेटिने गरेकोले बेनी अस्पतालमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको संघका सभापति अमर बानियाँले बताउनु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )