म्याग्दी, फागुन-२३, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । गत वर्ष उनले गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा शाहीसँगै क्रिकेटकी रुबिना क्षेत्री र सीता रानामगर, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।
उनीहरूलाई उछिन्दै अरुणाले अवार्ड हात पारेकी हुन्। उनकै कप्तानीमा रहेको नेपाली टोलीले बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको थियो।
उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि उचालेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )