म्याग्दी, फागुन-२३, किर्तिमानी हिमाल आरोही निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले म्याग्दीको दानाका विद्यालयलाई ४० लाख सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३,दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख सहयोग गरेका हुन् । सोमबार जन्मगाउँमा पुगेर पूर्जाले शिक्षा, स्वास्थ्य सहित गाउँको साझा समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधानमा सघाउने गरी ४० लाखको कोष बनाएको ज्ञानप्रकाश माविका शिक्षक बाबुराम पौडेलले बताएका छन् ।
पुर्जाले एकमुष्ठ जम्मा भएको ४० लाखबाट ब्याजबाट आउने रकमले ज्ञानप्रकाश माविमा अध्ययनरत कक्षा ८, एसइई र कक्षा १२ मा सवोत्कृष्ट हुने विद्यार्थीलाई नगद ५० हजार, ८० हजार र १ लाख पुरस्कारले सम्मान गरिने छ र बाँकी दानाका अन्य विद्यालयमा निजी स्रोतका शिक्षकको तलब सुविधामा सहयोग गरिने ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताए ।
अन्नपूर्ण हिमालको आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानीको टोलीलाई लिएर म्याग्दी आएका पूर्जाले सोमबार जन्मगाउँ दानामा बसेको र कतारी टोलीलाई लिएर मंगलबार अन्नपूर्ण हिमालतर्फ जाने तयारी भइरहेको बताइएको छ ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहन गरेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानीपछि पहिलोपटक जन्मथलो दानामा पुगेका पुर्जालाई स्थानीयबासीले भब्य स्वागत गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )