देवी जिसी/बेनी, फागुन-१, म्याग्दीको बेनी नगरपालिका ७ स्थित मंगला आमा समुहको ११ औं साधारण सभा तथा पाचौं अधिबेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिबेशनले टकसरा राना मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा तारा छन्त्याल, सचिवमा रेनु पूर्जा, सह सचिवमा देविका बुढा र कोषाध्यक्षमा तिर्सना भण्डारी चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समाज परिवर्तनमा महिला भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जुन समाजमा आमा र आमा- समुह सक्रिय हुन्छन त्यस्तो समाजमा गलत क्रियाकलाप हुन नपाउने बताउनुभयो ।
बेनीनगरपालिका -७ मंगलाघाटमा गठित मंगला आमा समुह सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहेको भन्दै उपप्रमुख लामिछानेले आमा समुहले गरेको राम्रो कामको सदैव प्रशंसा हुने र नगरपालिकाबाट पनि सक्दो सहयोग रहने विश्वास दिलाउनुभयो ।
नवनिर्वाचित अध्यक्ष रानाले महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने र विभिन्न सिपमुलक तालिमहरु संचालन गरि महिलाहरुलाई आयआर्जनमा जोड्ने कार्यमा लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
मंगला आमा समुहको मंगलाघाटमा आफ्नै भवन समेत रहेको छ । कला संस्कृतिको संरक्षण गर्दै महिलाहरुको क्षमता बृद्धिका लागि आमा समुहले निरन्तर गतिविधिहरु संचालन गर्दै आएको छ । कार्यक्रममा बेनपा ७ का वडा सदस्य सृजना श्रेष्ठ, बिश्वास श्रेष्ठ, बराहपाखो सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णु गौतम लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अधिबेशनकै अबसरमा ”समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत प्रहरी विट मंगलघाट म्याग्दीले आमा समुहका सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा घरेलु हिंसा सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको प्रहरी हवल्दार अयन बहादुर बैजालीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा टकसरा राना, नरमाया रोका, लालमाया पुर्जा, रेणु पुर्जा चन्रद्र बहादुर छन्त्याल र जेष्ट नागरिक च पुर्णिमा पुर्जा र भगवती पुर्लाजालाई सम्ईमान समेत गरेको थियो कार्यक्रम समुहका । अध्यक्ष टकसरा रानाको अध्यक्षता, संचालन सचिव देवी पुर्जा र स्वागत शर्मिला पाइजाले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )