पर्वत, फागुन-२, पर्बतको जलजला गाउँपालिकामा रहेका सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ । गाउँ पालिकाको केन्द्र लामाखेतामा सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय भुमि आयोगले निस्सा वितरण गरेको हो।
गाउँपालिकाका अधिकृत तथा सुकुम्बासी र अब्यबस्थित बसोबासी सम्बन्धि सम्पर्क व्यक्ति गोबिन्द जिसीले २३ जना भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीलाई निस्सा वितरण गरिएको जानाकारी दिनुभयो । कार्यक्रममा उपस्थितभएकाहरुलाई सोहि कार्यक्रममै र अनुपस्लाथितलाइ वडा सचिव मार्फत निस्सा पठाइएको छ । अब्यबस्थित बसोबासीहरुको लागी केहि समयपछि निस्सा वितरण गर्ने राष्ट्रिय भुमि आयोग पर्वतका अध्यक्ष उदय सुबेदीले बताउनुभयो ।
जलजला गाउँपालिकाका करिव ४०० परिवारले अब्यबस्थित बसोबासिको निबेदन दिएका छन् । गाउँपालिकाका कार्यबाहक अध्यक्ष दिपक आचार्यका अनुसार आयोगका अध्यक्ष सुबेदी सदस्य मन बहादुर क्षेत्री जिल्ला मालपोत अधिकृत मुकुन्द लामिछाने, नापी अधिकृत निशा अधिकारी लगायतले निस्सा वितरण गर्नु भएको थियो । निस्सा वितरण पछी वडाले घरधुरी तथा व्यक्ति यकिन गर्ने र त्यसपछि जग्गा ब्यबस्थापन भएपछी मात्रै नापी कार्यालयसंगको समन्वयमा जग्गाधनी पुर्जा प्रदान गरिने प्रक्रिया रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )