बेनी. माघ-२७, जिल्ला स्तरीय अन्तर मावि (१-१० ) बिज्ञान विषय हाजिरी जवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । प्रकाश माविले आयोजना गरेको दसौं संस्करणको हाजिरीजवाफ प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको हो । त्यसैगरी द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि र सान्त्वना मुक्तिधाम मावि राखु भएको यूरेश प्रकाश माविका सभापति अर्जुन विश्वकर्माले बताउनुभयो ।
शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार, ६ हजार, ४ हजार २ हजार नगद, रनिङ ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उप सभापति काशीराम रेग्मीले विद्यार्थीको शैक्षिक क्षमता विकासका लागि ज्ञानमुकल प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रको अध्यक्षता यूरेसका कावा अध्यक्ष अर्जुन विश्वकर्मा, स्वागत विद्यालयका प्रअ लेखबहादुर हमाल, सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ र कार्यक्रम संयोजक शिक्षक कविराज थापा रहनुभएको थियो । प्रतियोगितामा म्याग्दी जिल्ला र छिमेकी पर्बत जिलाका गरी १४ विद्यालय सहभागी रहेका थिए । प्रकाश मावि जिल्लामा कक्षा ११ मा बिज्ञान बिषय अध्यापन गर्ने एक मात्रै विद्यालय रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )