जलजला, माघ-२५, पर्वतको लेखफाँटस्थित गिद्द्देश्वर शिवालय मन्दिरमा शिव पार्वतिको मूर्ति स्थापना गरिएको छ । जलजला गाँउपालिका ५ मा अवस्थित शिव मन्दिरमा माघ २२ गते आइतवार एक कार्यक्रमका विच प्रमुख अतिथि देेवेन्द्र सुवेदीले मूर्ति प्रतिष्थापन गर्नु भएको हो । समाजसेवी तथा मन्दिर संस्थापन समिति सदस्य योगेन्द्र सुवेदीको पहलमा एक लाख बिस हजारको लागतमा मुर्ति राखीएको हो ।
काठ तथा कुनै धातु प्रयोग नगरी ढुङ्गामात्रैले बनेको अठारौ शताब्दिको अन्त्यमा छविलाल सुवेदी “भतेरलाउने”ले स्थापना गराउनु भएको थियो । धार्मिक र पर्यटकिय महत्व बोकेको मन्दिरको संरक्षणमा सुवेदि परिवारले निरन्तर पहल गरिरहेको छ । अहिले मन्दिर संस्थापक समेत रहनुभएका योगेन्द्र सुबेदी र उहाँका छोराहरु गणेश सुबेदी, राजेश सुबेदी, रमेश सुबेदी र दिनेश सुबेदीको पहलमा मुर्ति स्थापना गरिएको हो ।
त्यसैगरी सुबेदीका छोरी ज्वाइबाट ४० हजारको लागतमा मन्दिरमा १०८ शिवलिङ्ग स्थापना र सुबेदार टिकाराम सुबेदिबाट ५० हजारको लागतमा शिवलिङ्ग राख्ने स्थल ब्यबस्थापन र पर्खाल लगाउने कार्य भएको छ ।
मन्दिरमा मूर्ति प्रतिष्ठान कार्यक्रम हरिप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि श्रद्दालु भक्तजन र लेखफाँटबासीको उपस्थिति रहेको लेखफाँटबाट सागर सुवेदीले जानकारी दिनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )