जलजला, माघ-२३, जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबारदेखि नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार/चार जनाको दरले युवाहरु सहभागी भएका छन् । उनिहरुलाई अनुषा कडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन र समापनका प्रक्रीया, बैठकमा प्रस्तुत हुने शैली र प्रयोग गर्ने भाषाको विषयमा सहजिकरण गर्नुहुने भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )