पर्वत, माघ-१८, पर्वतका युवाले योगासन गरेर विश्व रेकर्ड कायम गरेका छन् । पर्बत बाच्छाका विक्रम खड्काले लगातार ३ घन्टा ५० मिनेट वृक्षासन (Tree Pose) योगासन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका हुन् ।
विक्रमले वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा लगातार ३ घण्टा ५० मिनेट बसेर विश्व कीर्तिमान कायम गरेका हुन ।
यस अघि उक्तकीर्तिमान भारतीय नागरिक सनत रथको नाममा एक घण्टा छ मिनेट पचपन्न सेकेन्ड रहेको थियो । २०७८ श्रावण ५ गते विश्व कीर्तिमानको लागि प्रयास गरेर भिडियो सहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा सम्पूर्ण विवरण पठाइएको थियो ।
२०७९ माघ १४ गते शनिबार देउराली हिमालयन होटेल पोखरामा मेयर धनराज आचार्य र गुरू डा.योगि बिकाशानन्दको उपस्थिति र लायन्स लिडरहरूको सहभागितामा कार्यक्रम समपन्न भएको हो ।
गनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त विक्रम खड्काले नेपालीहकरुको पहिचान र नेपालको योगलाई विश्वसामु परिचति गराउन कठिन आसन वृक्षासन छनोट गरेर यो अभ्यास गरेको बताउँदै यो सम्मान आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीको भएको बताए ।
मनोक्रान्ति अभियानका संस्थापक डा.योगी विकासानन्दको ५ वर्षे आत्मरुपान्तरण तथा नेतृत्व विकास कार्यक्रममा सहभागी भई योग सिकेका खड्काले यसअघि पनि अन्य कीर्तिमानहरू कायम गरेका छन् ।
उनले वि.सं. २०६५ सालमा काठमाडौंको टुँडिखेलमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थितिमा लगातार ५ घण्टा शीर्षासन (टाउकोलै टेकेर खुट्टा माथी गरेर गरिने आसन) गरेका थिए ।
त्यस्तै २०६६ सालमा गोदावरी स्थित मनोक्रान्ति आश्रममा लगातार ४ घण्टा त्राटक बलिरहेको मैनबत्तीलाई आँखा नझिम्क्याई हेर्ने क्रिया गरेका थिए । उक्त आश्रममा नै रहँदा उनले नौ फिटको खाडलमा सातदिन निराहार रहेर भूतपस्या पनि गरेका थिए । ढोरपाटन दैनिकको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )