पर्वत, माघ-१७, भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम लागिएको देवशिला भारतको गोरख पुगेको छ सो देवशिला सहित नेपाली कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा ४०० जनाको टोली गोखरपुर पुगेको हो । आइतबार जनकपुरधाममा शिला पूजा गरेर सोमबार बिहान अयोध्या पठाइएको हो ।
मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पनि पठाइएको छ । जनकपुरबाट भारतको मुजफ्फरपुर हुँदै गोरखपुरसम्म पुग्दा भारतीय हिन्दुहरुले ठाउँ ठाउँमा रोकेर पूजा गर्दै शिला ढोग्ने र नेपालबाट शिला लिएर गएको टोलीलाई पनि सम्मान दिइरहेका छन् । शिला बुधबार अयोध्या पुर्याइने भएको छ ।
गत साउनमा अयोध्यामा नेपालको कालीगण्डकीबाट शिला लगेर रामको मुर्ति बनाउने अनि जनकपुरधामका तर्फबाट बनाइएको धनुष राख्ने सहमति गरेका निधिकै नेतृत्वमा करिब ४०० जनाको टोली भारतको अयोध्या गएको छ । सोमबार जनकपुरबाट प्रस्थान गरेको शिला मुजफ्फरपुर पुग्दा स्थानीयले स्वागत तथा पूजाअर्चना गरेका छन् । मंगलबार बिहान मुजफ्फरपुरबाट हिँडेको टोली गोरखपुर पुगेको छ । गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमा पूजा गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )