सोही अवसरमा भलिबल संघका अध्यक्ष बानियाँले विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नु भयो ‘खेलकुद क्षेत्रमा गरिएको सानो लगानीले ठूलो सफलता हात पार्छ, भलिबलमा गरिएको लगानी हामीले डुब्न दिन्नौ’ अध्यक्ष बानियाँले भन्नुभयो ।
प्रतियोगितामा सहभागी हुने विद्यालयको छनौट सहित प्रतियोगितामा सहभागी हुनेलाई नियमित प्रशिक्षण सहितको योजना रहेको बानियाले बताउनुभयो । हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँको भनाई छ ।
सोही अवसरमा आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताउनुभयो । उहाने भन्नु भयो ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौ,‘आवश्यकता अनुसार थप सहयोग गर्नेछौ’ ।
जिल्लामा म्याग्दी जेसीजले अन्तरमाविस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने गरेकोमा अव भलिबल संघले समेत माविस्तरीय प्रतियोगिता सुरु गरेपछि फुटबलजस्तै भलिबलमा समेत प्रतिभाको पहिचानमा सहज हुने खेलकुदका जानकारहरु बताउँछन् ।