काठमाडौँ, माघ-११, संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान करिब ५ बजे आचार्यको निधन भएको हो । आगो लागेर उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो ।
इलामको सूर्योदय नगरपालिका घर भएका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।
उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।
राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थिो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।
उनको परिवारमा श्रीमती सहित दुई छोरी रहेका छन् । आत्मदाह गर्नु अघि फेसबुकमा जिन्दगीका भोगाई बारेमा आचार्यले लामो स्टाटस लेखेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )