म्याग्दी, पुष-२८, म्याग्दीको सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सवको उद्घाटन भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा जिल्ला सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको हो । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।
बेनीको खुलामञ्चमा सञ्चालन भएको प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को अवसरमा विभिन्न जातजाति, संघ संस्थाहरुले पहिचान झल्कने झाँकी निकालेका हुन् । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।
महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मेला महोत्सवले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन र व्यापार व्यवसायको विस्तारमा सहयोग पुग्ने बताउनुभयो । ‘‘मेला महोत्सवमा मौलिकतालाई प्रोत्साहन दिनुपर्छ, स्थानीय उत्पादनको चिनारी र बजारीकरणमा यसले ठूलो टेवा पु¥याउन सक्छ’’–अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । महोत्सवको उद्घाटन मौलिक कला, संस्कृति र पेषभुषा प्रदर्शन सहित भव्य गराइएको हो । बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलालाई निरन्तरता दिँदै महोत्सव सञ्चालन गरिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा महोत्सवले सघाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
महोत्सवमा काली गण्डकी नदीमा र्याफ्टिङ र म्याग्दीका मुख्य पर्यटकीय स्थलहरुमा हेली सयरको समेत व्यवस्था गरिएको छ । महोत्सवको अवसरमा पालिकास्तरीय महिला÷पुरुष भलिबल, लोकदोहोरी, गण्डकी लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, पुख्र्यौली, छेलो फाल्ने, अन्धनिशान लगायतका प्रतियोगिता आयोजना गरिएको संघका महासचिब अमित बानियाँले जानकारी दिनुभयो । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुको समेत साँगेतिक प्रस्तुती रहने छ ।
महोत्सवमा म्याग्दीको पहिचान झल्कने तस्बिर पदर्शनी संगै पालिका स्तरमा उत्पादित उपज तथा उत्पादित सामाग्रीको विक्रि र पदर्शनका लागि समेत स्टल राखिएका छन् । महोत्सवमा स्थानीय उत्पादनको पदर्शनी तथा विक्रि तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि स्टलहरु राखिएको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने उहाँको भनाई छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा रु १ करोड ४० लाख आम्दानी र रु १ करोड खर्च हुने अनुमान गरिएको छ । करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवालोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिव १० करोड बराबरको ब्यावसायिक आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।
तत्कालिन समयमा मनोरञ्जन र व्यापार व्यवसायका लागि आयोजना हुने परम्परागत माघे संक्रान्ति मेलालाई संरक्षण र जगेर्ना गर्नका लागि २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्वमा मेला र महोत्सव आयोजना गर्न थालिएको हो । संघको अगुवाईमा २०६० देखि बेनीमा हरेक तीन÷तीन बर्षमा महोत्सव आयोजना गर्ने गरिएको संघका द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठले बताए । बेनीमा २०६०, ६२, ६५, ६८, ७१ र ७४ मा महोत्सव आयोजना गरिएको छ । यसका अलबा संघ अन्तरगत नै रहेको महिला उद्यम विकास समितिको आयोजनामा सडक खाना महोत्सव तथा माघे संक्रान्ति मेलाहरु आयोजना हुँदै आएका छन् ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष कटुवालको अध्यक्षता तथा महासचिब बानियाँ र द्धितिय उपाध्यक्ष लिलाराम गौतमको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )