म्याग्दी, पुष-२६, म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । तिनदिन सम्म संचालान हुने कार्यक्रम धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको हो । तालिमको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष पुनले शैक्षिक समस्या र आवश्यकता पहिचान गरेर विद्यालय सुधार योजना बनाउन प्रअहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेगबहादुर बानियाले सहजिकरण गर्नुहुने जनाइएको छ । तालिम कार्यक्रममा पालिकाका २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको छ ।
स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले सञ्चालन र शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देविन्द्र रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )