देवी जिसी /म्याग्दी, पुष-१९, रघुगंगा गाउँपालिकाले पालिका भित्र विभिन्न सिपमुलक तालिम संचालन गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा यसवर्ष तिप्ल्याङ्गमा ४५ दिने कुकिङ्ग तालिम, राखुको रानीपौवामा १५ दिने खेलौना, कुसन र चुरा बनाउने तालिम, मुक्तिधाम माविमा पालिकाका आधारभूत विद्यालयका शिक्षकका लागी १० दिने शिक्षक तालिम, ३ महिने सिलाइ कटाई, ब्युटिसियन तालिम संचालन संचालन भैरहेका छन् ।
स्वरोजगार बनाउने र क्षमता अभिबृद्दी गर्ने उद्देश्यले संचालित तालिम मध्ये ४५ दिने कुकिंग तालिममा ३९ जना सहभागी रहेका छन् । त्यसैगरी चारवटा बिषयलाइ लक्षित गरी संचालन गरिएको १० दिने आधारभूत विद्यालयका शिक्षक तालिममा १६ वटा सामुदायिक विद्यालयका ३८ जना गणित र बिज्ञान विषयका शिक्षक सहभागी रहेका छन् ।
सयजना शिक्षकलाई लक्षित गरेर संचालन गरिएको तालिममा अहिले संचालन भैरहेको तालिम सम्पन्न भैसकेपछि अर्को चरणमा फेरी संचालन हुने बताइएको छ । शिक्षक तालिम रघुगंगा गाउँपालिकाको समन्वय र LEARN नेपालको आयोजना, रघुगंगा गाउँपालिका र QEN (Quality Education Nepal ) आर्थिक सहयोगमा संचालन भएको LEARN नेपालका बिज्ञ तोया अमगाइले बताउनुभयो ।
त्यसैगरी पालिकाले आज (मंगलबार ) ब्यबसायिक ब्युटी पार्लर सम्बन्धि स्तरोन्नती तालिम शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले सिप सिकाउन र व्यवसायिकता बिकास गर्न आबस्यकपर्ने प्रबिधि लगायतका सामग्री पालिकाले सहयोग गर्ने बताउदै तालिम पश्चात ब्यबसायिक बन्न उत्प्रेरित गर्नुभयो ।
कार्यक्रममा उद्दमशील संघ म्याग्दीका अध्यक्ष अमृत देवी बानियाले हामीले सिप नसिक्दा हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समेत फरक हुनेहुदा यस्ता तालिमले आत्मनिर्भर संगै आत्मस्वभिमानको बिकास गराउने बताउनु भयो । साथै उहाँले लाखौँ खर्चेर अन्यत्र गएर तालिम लिनुपर्ने अबस्थामा यसरी पालिकाले घरदैलोमा उपलब्ध गराएको सिपमुलक तालिमलाई पूर्णरुपमा उपयोग गर्न समेत अनुरोध गर्नुभयो । रघुगंगा गाउपालिकामा संचालन भैरहेका लघु उद्दमसंग सम्बन्धित सम्पूर्ण सिपमुलक तालिमको सहजीकरण धर्म चपाइले गर्नुभएको छ ।
कार्यक्रम रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल, मुख्य प्रशिक्षक गंगा थापा कार्की, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम रघुगंगा गाउँपालिका वडा नं ३ का अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षता, लेखाधिकृत खगराज सुबेदीको स्वागत र पालिकाका सुचनाधिकारी कृष्ण प्रसाद सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )