जलजला, पुष ११, नव उत्साही समुह पर्बतको आयोजनामा चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार सम्पन्न नव उत्साही सेभेन ए साइड फुटबलको उपाधी म्याग्दीको बेनी नगरपालिका-२ बगरफाटको रिभर साइड युवा क्लबले जितेको छ ।
बेनीको खुल्ला मन्चमा सम्पन्न भएको फाईनलमा आयोजक नव उत्साही समूह पर्बत बेनिलाई पराजित गर्दै रिभरसाइड क्लव बिजेता बनेको हो । खेलको निर्धारित समय ४० मिनेटमा दुवै टिमबाट कुनै गोलहुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा नव उत्साही समुहलाई ३-२ गोल अन्तरले पराजित गर्दै रिभरसाइड बिजेता बनेको थियो ।
बिजेता रिभर साइड क्लबले ८८ हजार ८ सय ८८ र उपबेजेता आयोजक उत्साही समुहले ४४ हजार ४ सय ४४ नगद पुरस्कार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। बिजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, कार्यपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसी र क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा कुश्मा फुटबल क्लव पर्बतले अनुशाशित टिम घोषित हुदै नगद रु. ८ हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी रिभर साइडका अमित लामा उत्कृष्ट खेलाडी र इश्वोर गुरुङ उत्कृष्ट गोलरक्षक भएका छन् । प्रतियोगितामा उत्साही समुहका संगम ठकुरी उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ३ गोल गरेका मनसुन युवा क्लवका आशिष केसी सर्बाधिक गोलकर्ता बनेका छन् । उत्कृष्ट खेलाडी सर्बाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र गोलरक्षकलाई २ हजार २ सय नगद प्रदान गरिएको छ ।
पुष ६ गते देखि म्याग्दीको खुल्लामंचमा संचालन भएको प्रतियोगितामा २५ टिमको सहभागिता रहेको थियो । सेभेन ए साइड प्रतियोगिता भएकोले एउटा टिममा ७/७ जना खेलाडी सहभागी रहेका थिए । कार्यक्रम समापनको अवसरमा क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बिजेता, उपविजेता, अफिसियल, रेफ्री, प्रायोजक, सहयोग दाता, सुरक्षाकर्मी स्वयंसेवी लगायत प्रतियोगिता सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यबाद तथा आभार प्रकट गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )