म्याग्दी, पुष-८, म्याग्दीको बेनी स्थित प्रकाश माविले विज्ञान प्रदशर्नी प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयको ७० औं वार्षिक उत्सवको अवसर परेर आज (शुक्रबार ) जिल्ला स्तरीय अन्तर मावि बिज्ञान प्रदर्शनी आयोजना गरेको हो । प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा प्रकाश मावि द्वितिय, न्यु वेष्ट पोईन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतिय र फर्से धाईरिङ मावि सान्त्वना भएका छन ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश ७ हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय पुरस्कार प्राप्त गरेका विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयका विज्ञान शिक्षक टेक प्रसाद सुबेदीले सधैभरी खेलकुद जस्ता गतिबिधि भन्दा यसपटक बिज्ञान प्रदर्शनी गर्दा धेरै विद्यार्थीहरु आफ्नो क्षमता र सृजनात्मक क्षमता प्रस्तुत गर्न पाएको बताउनुभयो ।
प्रतियोगितामा ज्ञान प्रकाश मावि दाना, बालमन्दिर आधारभूत विद्यालय बेनी, माउन्ट एभरेस्ट आमावि बेनी र लिटिल गार्डेन एकेडेमी बेनी गरि ९ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा प्रकाश माविका पूर्व प्रअ तथा विज्ञान शिक्षक हरिकृष्ण सुवेदी र धवलागिरि मावि सिंगाका पूर्व प्रअ तथा विज्ञान शिक्षक दण्डपाणी सापकोटा रहनुभएको थियो ।
कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दल बहादुर थापाको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेख बहादुर हमाललको स्वागत र सहायक प्रधानाध्यापक विनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई पुरस्कार वितरण शनिवार मुल समारोहको अवसरमा गरिने विद्यालयले जनाएको छ । प्रकाश मावी कक्षा ११ र १२ मा बिज्ञान बिषय पढाइने एक मात्र बिद्यालय हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )