जलजला, पुष-९, आइएमइ लाइफ इन्स्योरेन्स म्याग्दीले मृत्यु दावी रकम भुक्तानी गरेको छ। बुधबार जलजला ३- बगरफाटमा एक कार्यक्रमको योजना गरी मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । जलजला ३ बगरफाटकी स्वर्गीय याम कुमारी गर्बुजाको परिवारलाई घरमै पुगेर एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो । गत असारमा देहावसान भएकी गर्बुजाको परिवारलाई ५ लाख २६ हजार ५०० रुपियाँ हस्तान्तरण गरेको थियो ।
तिन किस्ता रकम बुझाएकी गर्बुजालाई अचानक असाध्य रोगका कारण ज्यान गुमेपछि बुझाएको किस्ताको आधारमा संस्थाको नियम अनुसार सो रकम प्रदान गरिएको हो । आइएमइ लाइफ इन्स्योरेन्स म्याग्दी शाखाका सुरेन्द्र सापकोटा, गण्डकी प्रदेश अन्तर्गत धौलागिरि क्षेत्र प्रमुख कृष्ण पौडेलले संयुक्त रुपमा सो रकम मृतकका छोरा अनमोल गर्बुजा र छोरी सुबिग्या गर्बुजालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सिनियर एड्भाइजर संजु बरुवालले मृतक गर्बुजा प्रति सहानुभूति प्रकट गर्दै “बाचे आफैलाई मरे सन्ततिलाई भने झैँ आफ्नो देहाबसन भएपनि संतातिकलागी उनुहौको शिक्षा स्वास्थ्यमा थोरै भए पनि सहयोग पुग्ने बताइन । त्यसैगरी कार्यक्रममा सिनियर एजेन्सी म्यानेजरले उपस्थित सबैलाई बिमा गर्नुको फाइदाको बारेमा बताएकी थिइन ।
रकम हस्तान्तरण कार्यक्रम सिनियर एजेन्सी म्यानेर लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता शाखा प्रमुख सुरेन्द्र सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )