केपी सापकोटा/ बरंजा, पुष-४, म्याग्दीको बरंजामा एक बिध्यलायालाई ११ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका ३ र ४ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्नुहुने शिला थापा, मंगली थापा, छोरी प्रमिला थापा र विपना थापाको परिवारले विद्यालय र संघ संस्थाहरुलाई ११ लाख २५ हजार ६३० सहयोग गर्नुभएको हो ।
उहाँहरुले सोमबार मण्डली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा थप ८ लाख ७५ हजार ६३० उपलब्ध गराउनुभयो । बरंजाको ऐतिहाँसिक र सांस्कृतिक धुले मेला तथा पर्व सञ्चालन हुने ठाउँमा स्टेज भवन बनाउन यसअघि २ लाख पचास हजार उपलब्ध गराएका उहाँहरुले २ कोठे शौचालय बनाउन थप २ लाख पचास हजार सहयोग गर्नुभएको हो । आरती, जनप्रति, शिवालय, जनता, दुर्गा र पखेर आधरभूत विद्यालयलाई ५० हजार १०५ का दरले नगद हस्तान्तरण गर्नुभएको थियो । मण्डली आधारभूत विद्यालय खानीगाउँलाई १ लाख पाँच हजार बराबरको ल्यापटप र १६ हजार नगद उपलब्ध गराउनु भएको छ । विद्यालयका प्रअहरुलाई नगद तथा सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
बरंजामा रहेका ९ वटा आमा समूहलाई १०/१० हजारका दरले ९० हजार सहयोग गर्नुभयो । खर्कको जनप्रिय आधारभूत विद्यालय, न्यू स्टार यूवा क्लव र गिरी स्मृति युवा क्लवलाई १०/१० हजार नगद र समाजसेवी आमा समूहलाई २५ हजार मूल्य बराबरको भाडा उपलब्ध गराउनुभयो । बरंजाका ३ वटा नौमति बाजा समूहलाई रु. ३५ हजार, आलडाडा सामुदायिक वन उपभोक्ता समूहलाई दश हजार, वाखु आल्टा बिजुली समाजलाई १० हजार, भजन मण्डली समूहलाई १० हजार र खुरखुरे सेवा समाजलाई १० हजार सहयोग गर्नुभएको छ ।
हिमाली आमा समूहका ३० जना, चिनाकोट आमा समूहका १०० र समाजसेवी आमा समूहका ७५ जना गरी २०५ जना लाई पोशाक वितरण गर्नुभएको थियो । धुले पर्व संरक्षण तथा भवन निर्माण समितिका अध्यक्ष रणबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शिला थापा, मंगली पुन, प्रमिना थापा, विपसा थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहयोगदाताहरु लाई बरंजाका बासिन्दाले भब्य स्वागत र सम्मान गरेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )