म्याग्दी, पुष-२, क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । आज शनिबार क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनले संजु बरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का कोषाध्यक्षमा कल्पना खड्का, सह–सचिवमा शोभा खड्का र सह–कोषाध्यक्षमा आशा बानियाँ खड्का रहेको कार्यसमिति सर्वसम्मत चयन गरिएको संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा निर्बाचनमा क्षेत्री समुदायको प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका प्रदेश सभा सदस्यका लागी म्याग्दी क्षेत्र क बाट निर्बाचित हरि भण्डारी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान जिल्ला कार्यसमितिमा चयन हुन सफल महिला महिला उपाध्यक्ष देवी जिसी, अध्यक्ष ध्रुब जिसी, सचिव बिजुन खत्री, सहसचिव सुनिल बानिया र प्रबक्ता जीवन कार्की अथकलाई पनि सम्मान गरिएको थियो ।
क्षेत्री महिला समाज म्याग्दीको अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो । छैठौं बार्षिक साधारणसा एवम् तेस्रो अधिवेशनमा गण्डकी प्रदेश सभा सदस्य भण्डारी, क्षेत्री समाज नेपालको केन्दिय्र सदस्य अमृतदेवी बानिया क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, क्षेत्री समाजका पुर्व अध्यक्ष लगायतले मन्तव्य राख्नुभएको थियो ।
साधारणसमाभा सचिव पुष्पा थापाको संचालन तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष कल्पना खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।