पर्सा, कत्तिक-३०, पर्साको सिमावर्ती गाउँ जानकीटोला नाकाबाट मोटरसाइकलमा भित्र्याउन लागेको नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य नरकटिया ग्राम पन्चायत १४ का अन्दाजी ४० वर्षिय इजाजत अहमद रहेका छन् ।
बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर आउने क्रममा अहमदलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । उनका अनुसार अहमदको साथबाट १५ हजार थान मतपत्र बरामद भएको छ । भारतमा छापिएको नमूना मतपत्र नेपाल भित्र्याउनु गैरकानूनी रहेकाले मतपत्रसहित अहमदलाई पक्राउ गरेको डिएसपी गिरीले बताए । कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएको विषयमा अनुसन्धान जारी रहेको उनको भनाइ छ । श्रोत : नेपाल प्रेस
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )