जलजला, कार्तिक-२४, पर्वतको जलजलामा नमुना मतदान कार्य सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बुधबार जलजला गाउँपालिकाको केन्द्रमा नमुना मतदान कार्यसम्पन्न भएको हो । मतदानमा ५३ जनाले मतदान गरेको जिल्ला निर्बाचन अधिकारी लक्षु शर्माले जानाकारी दिनुभएको छ ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षाको अवस्था र पहिचान साथै निर्बाचन सामाग्री परिक्षणको लागी नमुना मतदान गरिएको निर्बाचन अधिकारी शर्माले बताउनुभयो । नमुना मतदानमा स्थानीय बासिन्दा विद्यार्थी कृषक बृद्दबृद्दा र कर्मचारीले भाग लिएका थिए ।
मंसिर ४ गते हुने निर्बाचनमा ४ वटा मतपत्रमा मतदान गर्नु पर्दछ । मतदानमा सहभागी भएका सर्वासधारणले संघ र प्रदेश तर्फको मतदान सजिलो भएपनि समानुपातिक तर्फको मतपत्रमा अलमलिएको बताएका थिए ।निर्बचन आयोगको देशब्यापी कार्यक्रम अन्तर्गत पर्बतको सातै वटा पालिकामा नमुना पतादान गर्ने कार्यक्रम रहेको छ । बुधबार नै निर्बाचन कार्यालयले पर्बतको मोदी गाउँ पालिकाको केन्द्रमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । मतदाता शिक्षाका लागी पर्वतका ६१ वटै वडामा स्वयंसेवक परिचालन गरिएको छ ।राजनैतिक दल र उम्मेद्वारले समेत मतदातालाई लक्षित गरेर मतदाता शिक्षाको लागी कार्यकर्ता परिचालन गरिएको जनाएका छन् ।
पर्वतमा प्रतिनिधिसभा १ र प्रदेश सभामा २ वटा निर्बाचन क्षेत्रमा हुने ३ पदका लागी २८ जना उम्मेद्वार रहेका छन् भने जिल्लामा कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ जना रहेका छन् । जिल्लाभर ७४ मतदान स्थल १ सय ४८ मतदान केन्द्र रहेका छन् । निर्बाचन कार्यका लागी १ हजार १ सय ८४ जना कर्मचारी परिचालन हुने जिल्ला निर्बाचन अधिकारी लक्षु शर्माले जानाकारी गराउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )