स्याङ्ज, मंसिर-१४, स्याङ्जा क्षेत्र नं २ मा बिबादका कारण स्थगित गरिएको मतगणना कार्य राति ९ बजेपछि सुरू हुने भएको छ । गत आइतबार मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको छैन । एमालेले पुनःमतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नुनपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयपछि बुधबार स्याङ्जा २ का निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले राति ९ बजे मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
यहाँबाट कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।
स्याङ्जा २ मा राति ९ बजेपछि मतगणना सुरू हुने भएको छ । गत आइतबार मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको छैन । एमालेले पुनःमतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नुनपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयपछि बुधबार स्याङ्जा २ का निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले राति ९ बजे मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
यहाँबाट कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )