पर्वत, कार्तिक-१४, जिल्लामा यस अघि विपी कांग्रेसको संगठन नदेखिए पनि निर्वाचनको बेलामा भने त्यो पाटीबाट उमेदवारहरु देखिएका छन् । पछिल्लो समय नेपाली कांग्रेस पर्वतमा देखिएको आन्तरीक किचलोका कारण पाटीमा असन्तुष्टहरुले विपी कांग्रेस मार्फत निर्वाचनमा उमेदवारी दिएका छन् ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन देखि नै एक समूह असन्तुष्ट छ । असन्तुष्टको चरण स्थानीय तहमा पनि देखिएको थियो । जिल्ला नेतृत्वले एकलौटी ढङगले उमेदवारी टुंगाएको भन्दै जिल्ला अधिवेशन देखिको असन्तुष्ट समूह थप असन्तुष्ट बनेको कांग्रेस श्रोतको भनाई छ ।
निर्वाचनमा असन्तुष्टीहरुको स्वरलाई एकै स्वर गर्न विपी कांग्रेस मार्फत प्रतिनिधि सभा र प्रदेश सभामा उमेदवारहरु खडा भएका छन् । प्रतिनिधि सभामा देवाखर भट्टराई उमेदवार बनेका छन् भने प्रदेश सभा १ मा कमल पौडेलको उमेदवारी परेको छ ।
कांग्रेससंग असन्तुष्टहरुले बिपी कांग्रेसलाई मतदान गर्ने उमेदवारहरुले दावी गरेका छन् । कांग्रेसबाट प्रतिनिधि सभामा पाँचौ पटक अर्जुन जोशी उमेदवार बनेका छन् । जोशीको उमेदवारी प्रति पनि पर्वत कांग्रेसका असन्तुष्टि छ । पटक पटक एकै जना नेता मात्र उमेदवार बन्दा नयाँ पुस्ताले कहिले पालो पाउने भन्ने बहस कांग्रेस भित्र उठीरहेको छ । उता, प्रदेश सभा १ मा नेपाली कांग्रेसको उमेदवार छैनन् । यो क्षेत्रमा कांग्रेसले माओवादीलाई समर्थन गरेको छ । माओवादी केन्द्रको तर्फबाट सुदीप कुँवर चुनावी मैदानमा छन् ।
जिल्लामा कांग्रेस र माओवादी वीच सैद्धान्तिक रुपमा ठूलो मतभिन्नता रहेका कारण माओवादी नरुचाउने कांग्रेस कार्यकर्ताले बिपी कांग्रेसका उमेदवारलाई मतदान गर्ने विकल्प खुल्ला छ । प्रदेश सभा १ का बिपी कांग्रेसका उमेदवार पौडेल कांग्रेसको जिल्ला अधिवेशन सचिव पदका उमेदवार थिए । अधिवेशनमा पराजीत पौडेलले माओवादीसंगको गठबन्धन नै अपवित्र रहेकाले इमानदार कार्यकर्ताले आफूलाई मतदान गर्ने अपेक्षा ब्यक्त गर्दै आइरहेका छन् ।
पौडेलको उमेदवारीले माओवादी केन्द्रका प्रदेश सभाका उमेदवार कुँवरलाई भारी पर्नसक्ने देखिन्छ । यद्यपि कुँवरले भने सवै कांग्रेस कार्यकर्ताले आफूलाई मतदान गर्ने विश्वास ब्यक्त गर्दै आइरहेका छन् । पर्वत न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )