तनहु, कार्तिक-१३, तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको अचानक सल बेरिएर हात चुँडिन पुगेकाे छ । व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको हो ।
दिदीको छोरासँग बाइकमा आउँदै गरेकी थापाको बाँया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन्। बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् । घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर उपचार गरिएको छ ।
थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ लगिएको तनहुँ प्रहरीले जनाएकाे छ । समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले जनाएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )